ढुंगा खानीबाट पहिरो खस्दा २ जनाको मृत्यु, एक गम्भीर

| 2022 Sep 15 | 08:50 am 2397

काभ्रे, भदाै ३०: काभ्रेमा पहिरो खसेर घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा रहेको ढुंगा खानीबाट खसेको पहिरोले पुरिँदा ४४ वर्षीय निरबहादुर तामाङ र ४० वर्षीया साबित्री तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

पहिरोमा परेर गम्भीर घाइते भएकी ठुलिमाया तामाङको बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ। घरमा सुतिरहेको अवस्थामा राती २ बजेतिर ढुंगा खानीबाट पहिरो खसेको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुमान रहेको जोशीले बताए। स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा दुई जनाको शव भेटिएको हो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.