ढुंगाले हानेर खाेटाङमा एक जनाको हत्या, हत्यारा प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 May 08 | 02:39 pm 3500

खोटाङ, बैशाख २६ः बिहीबार साँझ ढुंगाले हानेर खाेटाङमा एक जनाको हत्या भएको छ। हत्या हुनेमा केपिलासगढी गाउँपालिका २ का ४७ वर्षीय प्रितिलाल राई रहका छन् ।

उनलाई आफ्नै सालो २७ वर्षीय मिलन राईले ढुंगाले टाउकोमा हानेर हत्या गरेका हुन्। हत्या गर्ने राईलाई पक्राउ गरि सकेकाे प्रहरीले जानकारी दिएकाे छ।

आफ्नै घरतर्फ जाँदै गरेको अवस्थामा बाटैमा रहेका मिलनले एक्कासि ढुंगाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

हत्या गरी फरार राईलाई इलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने घटनामा संलग्न उनकै भाई २० वर्षीय जीवन राईलाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जील्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.