ड्रागन र प्यासन खेतीको शुरुवात

| 2021 Jan 03 | 11:16 am 2417

कौरव खत्री गुल्मी, पुस १९ः बागलुङ बडिगाडका एक वृद्धले व्यवसायिक रुपमा ड्रागन र प्यासन फलको विरुवा रोपेर उद्घाटनसँगै खेतीको शुरुवात गरेको छ ।

No description available.

शनिबार ड्रागन र प्यासनका विरुवा रोपेर उद्घाटन गर्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले ड्रागन र प्यासन फलफुल खेती नौलो भएकोले यस्तो खेती गर्ने कृषकलाई धन्यवाद दिए ।

नगरप्रमुख सापकोटाले कृषि क्षेत्रमा लागेर कृषि गर्ने कृषकहलाई अनुदान सहयोग गर्ने भन्दै कृषकहरुलाई निर्वाहमुखी खेती नभएर व्यवसायिक कृषि खेती गर्न आग्रह गरे ।

No description available.

उक्त कार्यक्रममा अवसरमा बडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, महिला अधिकारकर्मी बिष्णु सापकोटा, मुसिकोट युनेस्कोका अध्यक्ष मोहन घिमिरे, सिर्जना माछा तथा कृषि फर्मका सञ्चालक जिवन अर्याल, कृषि प्राविधिक सर्वजित ओली, ड्रागन र प्यासन खेतीका व्यवस्थापक तथा अगुवा कृषक बालकृष्ण अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बडिगाड गाँउपालिका ५ ग्वालिचौर ताहाला निवासी ७४ बर्षीय समाजसेवी वृद्ध बालकृष्ण अर्यालले आफ्नो करिव १५लाखको एकल लगानीमा नँया फल अन्तरगत ड्रागन र प्यासन फलको खेतीको शुरुवात गरेका हुन् ।

No description available.

रचेबाराजियल ड्रागन र प्यासन फलफुल विकास परियोजना हालै मुसिकोट नगरपालिकामा फर्म दर्ता गरेर व्यवसायलाई अगाडी बढाएका हुन् ।

उद्घाटन कार्यक्रम मुसिकोट नगरपालिका १ का वडा अध्यक्ष पूर्ण बहादुर हितानको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन भने युवा समाजसेवी दिनानाथ पौड्यालले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.