- महेश सिंह
सिरहा, असोज ६ः लहान नगरपालिका वडा नम्बर १ मटिर्यवा स्थित रहेको डोम बस्तीमा ६ जना घर परिवारलाई राहत वितरण गरिएको छ। राहत सामग्रीमा चामल १५ किलो, दाल १किलो, मटर १ किल्लो, खाने तेल १ लिटर, नुन १ किलो, साबुन ४ पिस, चिनी १ किलो, स्वाईबिन २५० ग्राम लगायतका राहत दिएका छन् ।

विश्वमाहारीको रूपमा फैलिएको कोरोना भाईरसको प्रकोप नेपालमा पनि देखिएकोले नेपाल सरकारले कोरोना भाईरसको संक्रमित एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्न नदिन चैत ११ गते देखि नेपालमा बन्दाबन्दी अर्थात देश भरी लकडाउनको घोषणा गरीएको थियो ।
हालसम्म नेपालमा कोरोना भाईरस महामारीलाई नियन्त्रण र उन्मुलन गर्न नसकिँदा स्थानीय स्तरमा कोरोना प्रभावित ठाउँमा लकडाउन थपिदै गएको अबस्था छ।
आर्थिक रुपले कमजोर, गरीब, बिपन्न परिवारले सास्ती भोगिरहेका छन् । लकडाउनको मारमा परी रोजगारी गुमाएका डोम समुदायको घर परिवार चालाउन समस्या भएको छ।

उनीहरुको पुर्खौली पेसा बासको काम गरेर जिविका पार्जन गर्ने गर्दछन। उक्त पेसाको आसमा बाचिरहेका डोम परिवारलाई यो अवस्थामा हात मुख जोड्न समस्या भएको छ । उक्त समस्याको मध्य नजर गर्दै मनकारी समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यकी जोडीले राहत वितरणलाई निरन्तरता दिएका छन्।
पछिल्लो समय उनीहरु समाज सेवा गरेर निकै चर्चा र लोकप्रिय भएका चौधरी जोडीले हाल पुनः राहत वितरण गर्न लागेका हुन्।
उनलाई अहिले मस जोडी भनेर चिनिन्न थालेका छन् । उनले कोरोना माहामारीमा ज्यानको प्रवाह नगरी गरीब, दलित र बिपन्नलाई राहत दिन घर–घरमा पुगेका थिए ।

काङ्ग्रेस नेता महेश चौधरी पार्टीका पूर्व लहान नगर अध्यक्ष हुन् । त्यसैगरी नेपाल महिला संघकी केन्द्रीय सदस्य संगीता कर्माचार्य स्वच्छ क्षविकी महिला नेतृ हुन् ।
चौधरी र कर्माचार्यकी जोडीले दलित बस्तिमा राहत दिन जादा उनी धेरै ठाँउमा सम्मानित भएका थिए । राहत बुझ्दै बिपन्न परिवारले मस जोडीलाई धन्यवाद समेत दिएका छन् ।