डोटीमा बस सेती किनारमा खस्यो, चार घाइते, एक बालक ‘बेपत्ता’

रिपोर्ट नेपाल | 2022 May 21 | 08:50 am 381

डोटी, जेठ ७ः कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस डोटीमा दुर्घटना भएकाे छ । शनिबार बिहान ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका-१, गरेपानीमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ । दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.