डोटीमा जीप सेती नदिमा खस्यो : ४ जनाको मृत्यु, ५ घाइते

| 2023 Nov 05 | 07:15 am 22849

 डोटी, कात्तिक १९ । डोटीमा जीप सेती नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप केआईसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका-६ स्थित अण्यौलमा दुर्घटना भएको हो।

जीप सडकबाट करिब ५०/६० मिटर तल नदिमा खसेको प्रहरीले जानकारी दिएको छ। जीप राति करिब साढे २ बजेतिर नदिमा खसेको हो।

मृत्यु हुनेमा बाजुरा जिल्ला हिमाली गाउँपालिका-५ का २२ वर्षीया राधिका मलाल, सोहि ठाउँका ३२ वर्षीय धनशोभा बुढा, ८ महिनाकी प्रार्थना मलाल र ६ वर्षीय कबिन्द्र बुढा रहेका छन्।

कबिन्द्र बुढालाई जीपबाट निकाल्न सकिएको छैन। जीप पानीमा डुबेको तलकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विपिन भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार घाइते हुनेमा सोही ठाउँका ३० वर्षीय प्रकाश बुढा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेका छन्।

उनीहरुको उपचार दिपायल स्थित शैलेश्वरी अस्पतालमा भइरहेको बताइएको छ। उद्धारका लागि प्रहरीहरु खटिएका छन्। जीप चालक प्रहरीको नियन्त्रणमा छन्।

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.