डेढ दशकअघि सुरु भएको सिक्टा सिँचाइ आयोजना आंशिक रूपमा मात्र सम्पन्न

रिपोर्ट नेपाल | 2020 Jul 12 | 08:07 am 2899

काठमाडौं, असार २८ः राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ सुरु गरेको छ । डेढ दशकअघि १२ अर्ब रुपैयाँ हाराहारीको लागतमा बन्नुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो । निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक रूपमा किसानलाई पानी दिन थालेको छ ।

सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाका अनुसार लामो पर्खाइपछि आयोजना किसानमा खुसी ल्याउन सफल भएको छ । किसानको खेतमा पानी पुर्याइएसँगै आयोजनाको सिँचाइ लक्ष्यको करिब आधा क्षेत्रफलमा पानी पुगेको उनको दाबी छ ।

आयोजनाको सुरु वर्षमा २०६१/६२ को लागत अनुमान १२ अर्ब ८० करोड रुपियाँ रहेको थियो । आयोजना आर्थिक वर्ष २०७१/७२ मा आयोजना सम्पन्न गर्नुपर्ने थियो ।

चालू आर्थिक वर्षसम्म आयोजनामा २५ अर्ब दुई करोड रुपैयाँ खर्च भए पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.