डेटिङ सकेर राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किए रोनाल्डो

| 2018 Jun 05 | 08:07 am 2626

काठमाडौं, जेठ २२: पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका छन् । रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेपछि प्रेमीकासँगको डेटिङमा रहेका रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षण शिविरमा फर्किएका हुन् । विश्वकप अघि पोर्चुगलले बिहिबार अल्जेरीयासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

रोनाल्डोले अहिलेसम्म राष्ट्रिय जर्सिमा लगातार सात प्रतियोगितामा देशका लागि गोल गरेका छन । पोर्चुगलले जुन १५ मा स्पेनसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यो समूहमा मोरक्को र इरान पनि छन् ।

युरोकपको उपाधि विजेता पोर्चुगललाई यसपटक विश्वकपमा बलियो टिमका रुपमा हेरिएको छ । पछिल्ला तीन विश्वकप र चार युरोपियन च्याम्पियनसिपमा रोनाल्डोले पोर्चुगलका लागि प्रेरणादायी प्रदर्शन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.