दार्चुला, भदाै २३ः डेंगु संक्रमणबाट दार्चुलामा ५ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेका छन् ।
बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको र भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखाएको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए ।
जिल्ला अस्पतालमा चेकजाँच गर्दा ती बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिनुका साथै अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तथा आफन्तहरुले भर्ना गरेर उपचार गर्न नमानेकाे अस्पतालले जनाएको छ ।
आफन्तहरुले अन्य ठूलो अस्पताल लाने भनेर विरामी बालिकालाई अस्पताल नपुर्याएर पुनः घरमै लगेको खुल्न आएको छ । बालिकालाई घरमा ज्वरोले झन् च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा उनको ज्यान गएको बताइएको छ ।