डेंगु मुलुकभर फैलिँदै, खै पूर्वसतर्कता ?

| 2023 Jul 27 | 08:39 am 1737

काठमाडौं । मुलुकभर डेंगु संक्रमणदर बढ्दै जानथालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले ६९ जिल्लामा डेंगु फैलिसकेको जनाएको छ । इडिसिडीका अनुसार जनवरीदेखि जुलाइसम्म सात महिनामा डेंगुबाट सात जनाको मृत्यु भइसकेको छ भने ४ हजार २ सय ८९ जना संक्रमित भइसकेका छन् ।

संक्रमित संख्या अझै बढ्नसक्ने संकेत देखिएको छ । तर, रोकथामका लागि पूर्वसतर्कता अपनाएको भने पाइँदैन । गत वर्ष जुलाई महिनापछि डेंगुबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको थियो । अहिले पनि सतर्कता नअपनाए डेंगु बढ्नसक्ने चिकित्सकहरूको भनाइ छ ।

हालसम्म सबैभन्दा बढी कोसी प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या धेरै देखिएको छ । कोसी प्रदेशमा मात्रै हालसम्म २ हजार ४ सय ५७ जना संक्रमित भएका छन् । त्यस्तै, दोस्रोमा बाग्मती प्रदेशमा ६ सय ६७ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा ३ सय ४४ जना र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ जना संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको छ । त्यस्तै, मधेश प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा संक्रमितको संख्या २० जना रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत सोमबारसम्मको तथ्यांकनुसार हालसम्म १० जिल्लालाई डेंगु उच्च संक्रमित भएको सूचीमा राखिएको छ । जसमा सबैभन्दा बढी सुनसरीमा हालसम्म २ हजार ५ सय ४२ जना डेंगुबाट धेरै संक्रमण हुनेमा पर्छन् । त्यस्तै, धादिङमा ४ सय १, कास्कीमा २ सय ५, दार्चुलामा १ सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रूपन्देहीमा ४५ र मोरङमा ३८ जना डेंगु संक्रमित भइसकेका छन् ।

डेंगुको संक्रमण फैलिएपछि ६९ जिल्लाका सबै स्थानीय तहमा उच्च सतर्कता अपनाइएको महाशाखाले जनाएको छ । चिकित्सकका अनुसार हल्कादेखि उच्च ज्वरो आउने, मांशपेशीहरू अत्यधिक दुख्ने, टाउको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने थकान र बेचैनी हुने एवं जोर्नीहरू दुख्ने यस संक्रमणका मुख्य लक्षण हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालालयले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।

चिकित्सकका अनुसार टोक्ने लामखुट्टेले संक्रमण सारेको भए टोकाइको ५ देखि ७ दिनमा यसको लक्षण देखापर्न थाल्छ । पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु नियन्त्रणका लागि पानी जम्नसक्ने खाल्डो, गमला, फूलदानी, पुराना टायर आदि ठाउँमा पानी जम्न नदिने, घर’round सरसफाई राख्ने, शरीर पूरै ढाक्ने कपडा लगाउने, राति सुत्दा झुल वा धुपको प्रयोग गर्ने आदि सुरक्षाका उपायहरू उपनाउन सकिन्छ । चिकित्सकहरूका अनुसार हाल संक्रमितमध्ये अधिकांशमा १ सय ४ देखि १ सय ५ डिग्रीसम्म कडा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जिउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, पेट दुख्ने र एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिन्छन् ।

नेपालमा पहिलोपटक डेंगुमा संक्रमण सन् २००४ मा चितवनमा फेला परेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । त्यसपछि सन् २००६ मा ३२ वटा संक्रमण देखिएको थियो भने, २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० मा संक्रमण देखिएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो

कसरी हुन्छ डेंगु संक्रमण ?
डेंगुको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन् । एडिस एजिप्टी वा एडिस अल्बोपिक्टस भनिन्छ । यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र ’round पाइन्छ ।

लामखुट्टेले डेंगु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यस व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ । डेंगु ज्वरो चार प्रकारका डेंगु भाइरसमध्ये कुनै एकको कारणले हुन्छ । संक्रमित व्यक्तिको ’round बसेर डेंगु ज्वरो सर्दैन, बरु लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो सर्छ ।

डेंगु ज्वरोबाट निको भएपछि मानिसलाई संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेंगुबाट हुने ज्वरोका भाइरस प्रकारहरूमा हुँदैन । यसको मतलब मानिसमा भविष्यमा अन्य तीन भाइरस प्रकारहरूमध्ये एकद्वारा फेरि संक्रमित हुनसक्ने सम्भावना हुनसक्छ । दोस्रो, तेस्रो वा चौथोपटक डेंगु ज्वरो आएमा गम्भीर डेंगु ज्वरो आउने खतरा बढ्छ । त्यसैलै हामी डेंगु ज्वरोका ’boutमा सतर्क रहन जरुरी छ । – राजधानीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.