नवलपरासी,असार १९ : गत आइतबार देखि अविरल परेको बर्षाले डुवानमा परेपछि पश्चिम नवलपरासीको सुस्ताका स्थानीयले गण्डक बाँध भत्काएर पानी निकास गराएका छन् ।
गण्डक बाँधका कारण वर्षातको पानी निकास नभएका कारण सयौं विगाहा जमिन र बस्ती डुबानमा परेपछि स्थानीयले गण्डक बाँध भत्काएका हुन् ।
नवलपरासिबाट आर पी उपाध्यायले दिएको जानकारी अनुसार सुस्ता गाँउपालिका–२ गुडरियास्थित नहरको बाँध मंगलबार बिहान भत्काएर बस्तीको पानी नहरमा हालिएको हो ।
तत्कालका लागि पानीको निकास भएपनि थप वर्षा भएमा नहर भरिएर फेरि बस्तीमा पस्ने जोखिमले स्थानीय बासीहरु आतंकित भएका छन् ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले स्थानीयले बस्ती जलाम्य भएको भन्दै निकासका लागि नहर खनेको जानकारी आफूले भरखरै थाहा पाएको बताए ।
‘ठूलो नहरको बाँध भत्काउँदा नहरको पानी बस्तीमा जोखिम हुने भएकाले स्थानीयलाई यसबारे जानकारी गराएर समस्या समाधान गर्ने तर्फ लागेको पनि प्रजिअ लामिछानेले बताए ।