डिस्चार्जपछि राष्ट्रपति पौडेल आजै नेपाल आउँदै

रिपोर्ट नेपाल | 2023 Apr 30 | 04:45 pm 1033

काठमाडौं, वैशाख १७ः बैशाख ६ गते उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किने भएका छन् । पौडेल आज दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्किन लागेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लागेका हुन् । प्रवक्ता आचार्यले राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.