खोटाङ, असार ३०ःअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुखलाई घुससहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठ रहेका छन् ।
मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।
स्टिङ अपरेशनका लागि काठमाडौंबाट खोटाङ पुगेको अख्तियारको टोलीले उनलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।
काठमाडौंबाट अख्तियारको टोली स्टिङ अपरशेका लागि आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पनि पुष्टि गरेका छन् ।
तर उनले पक्राउ परेको बारेमा विस्तृत विवरण आइनसकेको जानकारी दिए।