डिएसपी बढुवामा (ओइटिङ) वैकल्पीक समूहको चलखेल

| 2023 May 31 | 02:41 pm 78945

काठमाडौं, जेठ १७ः नेपाल प्रहरीमा रिक्त ४४ प्रहरी नायव उपरीक्षकको बढुवामा विचौलियाको विगविगी भएको बुझिएको छ ।

२०७० सालमा प्रहरी निरीक्षकमा नियुक्त भएका १ सय ४४ मध्ये छान्नु पर्ने भएकोले बढुवा समितिलाई फलामको चिउरा सरह भएको छ । यस पटकको बढुवामा कारवाहीमा डामिएकाको चर्को लविङ्ग भइरहेको छ ।

वैकल्पीक समूह (ओइटिङ) लाई समेत बनाउन दबाव परेपछि बढुवा प्रकृया लम्बिएको बताइन्छ । ओइटिङ समूहका ९ जना बढुवाका लागि ज्यान फालेर लागिरहेका छन् । यसरी लिङ्गरिङ गरेको देख्दा संगठन भित्र इमान्दार काम गर्नेहरुले बढुवा समितिको नियत माथि शंका गर्न थालेका छन् । बढुवालाई जति ढिला बनाउन सकियो, आर्थिक चलखेल बढ्ने र विचौलीया सल्बलाउने निश्चित प्रायः छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.