डिएसपी पन्थी सर्वाेत्कृष्ट बन्न सफल

| 2023 Nov 22 | 09:09 am 1073

काठमाडौं मंसिर ६/ उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) गाेविन्द पन्थी कात्तिक महिनाकाे सर्वाेत्कृष्ट बन्न सफल भएका छन।अपराध अनुसन्धानमा अब्बल रहेका पन्थीलाई सर्वाेत्कृष्टकाे उपाधि दिइएको छ।उपत्यकाको अपराध नियन्त्रणमा सकृय रहने कार्यालय बाट उपाधि पाएका पन्थी पाएकाे जिम्मेवारी सहज ढंगबाट पूरा गर्ने अधिकृतका रूपमा परिचित छन।आठ नम्बर पिलरकाे कमाण्ड संहालेका पन्थीले पछिल्लो पटक नक्कली कागजात बनाएर विदेश भ्रमण गराउने गिराेहकाे पहिचान गरि गिराेहलाई नियन्त्रणमा लिन सफल भएका थिए।अपराध अनुसन्धानमा पाेख्त रहेका पन्थी नेपाल प्रहरीमा राम्रो अधिकृतका रूपमा पनि चर्चामा आउने गरेका छन।इन्स्पेक्टर रहँदा शंखरापुरमा कमाण्ड गर्दा उनलेे त्यहाँ दिएको सेवा र सुरक्षा अहिले पनि स्थानीयले सम्झने गरेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.