हेटौडा, असार २४ । वागमती प्रदेश प्रहरी कार्यालय हेटौडाकी प्रमुख किरण राणाको शुद्धीकरण अभियानलाई हवल्दारले टेरेनन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर सत्य कुरा भने नटेरेकै हुन ।
जिल्ला प्रहरी कार्यालय मातहतको रातमाटे चेकपोष्ट चर्चित चेकपोष्ट हो। तस्करी रोक्ने र लाइन दिनेमा रातमाटे चेकपोष्टको नाम अग्रस्थानमा आउछ । रातमाटे चेकपोष्टको विकृती रोक्नका लागि डिआइजी राणाले वरिष्ठ सई मन्जु कुमारी रानालाई पठाएकी छिन । वरिष्ट सई रानालाई थाङ्नामा सुताउदै हवल्दार सुरेन्द्र साहले किराना सामानका तस्करलाई लाइन दिएका छन् ।
लामो समय हेटौडा बसेका साहको सुन व्यापारीदेखि तस्करहरुसँग राम्रो हिमचिम भएको थाहा पाएर तत्कालिन आइजीपी शैलेश थापा क्षेत्रीले गोर्खा लखेटेका थिए । चितवन दंगामा आएका साहलाई मधेस प्रदेशका डिएसपी मधु थापाको सिफारीसमा हेटौडा ल्याएर रातमाटे राखिएको छ । पैसा उठाउन माहिर भएका कारण डिएसपी थापाको सिफारीसमा हवल्दार सुरेन्द्र साहलाई रातमाटे ल्याइएको हो ।
साहले ठूला तस्करीसँग अहिले हिमचिम नबढाए पनि साना तस्कर धिरेन्द्र साह, मसतुजा आलम, फिरोज आलम, डम्बर कार्की, रमेश खनाल, निरज साह, हरदेव यादव, मदन गुप्ता लगायतका टोलीलाई लाइन दिएर पैसा उठाइरहेको समाचार स्रोतको दावी छ । काकडभिट्टा, रक्सौल लगायतका ठाँउबाट यो समूहले काजु, किसमीस, खानेतेल, मटर, घ्यू लगायतका सामान भन्सार छलि गरेर ल्याउने गरेका छन् ।
भन्सार छलि गरेर ल्याइएका सामान भित्राउन हवल्दार साहले सहयोग गरेको पनि समाचार स्रोत बताउँछ ।