डिआइजी भट्टराईले गरे काखा र पाखा

| 2023 Dec 01 | 03:14 pm 649

जनकपुर, मंसिर १५/ मधेस प्रदेशका डिआइजी जनक भट्टराईले निलम्बित दुई असइलाई सरूवा गर्दा विभेद गरेका छन।सिमा प्रहरी चाैकी सग्रामपुरमा तत्कालीन असई मनाेज यादवले फुल व्यापारी सँग पैसा मागेर वडा अध्यक्षकाे खातामा हाल्न लगाएपछि एसपी प्रविन धितालले निलम्बनकाे सिफारिस गरेका थिए।त्यो बेला पनि डिआइजी भट्टराई असई यादवलाई निलम्बन गर्ने पक्षमा थिएनन।एसपी धितालको जाेडबलले बल्लतल्ल निलम्बन गरिएको थियोे ।त्यस्तै अर्का असई सचिनकुमार भइदसवार पनि निलम्बित भएका थिए।अहिले सरूवा गर्दा डिआइजी जनक भट्टराईले सचिनलाई कारवाही र यादवलाई पुरस्कृत हुने गरि सरूवा गरेका छन।मंसिर ६ गते चलानी नम्बर १९०६ बाट सरूवा गर्दा यादवलाई निलम्बन फुकुवा पछि मालदार मानिने जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ भने सचिनलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट मधेस प्रदेश प्रहरी गण जनकपुर पठाइएको छ।यादव पैसा उठाउन र बुझाउन माहिर भएकालेे डिआइजी भट्टराईले बारा पठाएको बताइन्छ ।यादवको निलम्बन फुकुवा हुनासाथ मालदार ठाउँको जिम्मेवारी दिएर रकम असुलीमा सकृय बनाउनका लागि पठाएको बुझिएको छ।स्मरण रहाेस असइ मनाेज यादव काठमाडौंमा नगद सहित अख्तियारले रंगेहात समाएर केही समय थनामा परेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.