तुल्सीपुर, असार ५ : प्रहरी नायव महानिरीक्षक (डिआइजी) शेर बहादुर बस्नेतले ५ नम्बर प्रदेशको मातहतका जिल्लाहरूमा सुरक्षा अवस्थाबुझ्नेका छन् । मगलबार दिनभर जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय घोराही, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायतको ठाउँमा बस्नेत निरीक्षण गरेका हुन् ।
निरीक्षणमा बुर्फिङ्ग दिँदै डिआइजी बस्नेतले भने सम्पूर्ण सुरक्षा अवस्थामा धेरै कुरा बुझ्ने मौका पाए जिल्ला प्रहरी कार्यालय दाङ मातहत लगायतका प्रहरी प्रमुख हरूलाई डिआइजी बस्नेतले बिर्फिङ्ग लिएका थिए ।
औपचारिक निरीक्षण भ्रमणमा नेपाल प्रहरीले गर्नुपर्ने सुरक्षा योजनामा यस भ्रमणले मलाई सघाउने आशा दिँदै भने । जनता र प्रहरी मिले मात्र समाजलाई सुधार गर्न सकिन्छ ।
नेपाल प्रहरी सधैँ जनताको माझमा बस्ने भएकोले प्रहरीले जनताको माझमा गएर जनताको सेवा गर्न प्रहरी संगठनलाई जनताको काँधमा काँध मिलाएर काम गर्न निर्देशन दिए ।
काम गर्दा भैइरहेको चुनौती समेतलाई सन्बोधन गर्ने हिसाबले औपचारिक भ्रमणमा आएका डिआइजी बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षक भ्रमणका क्रममा प्रहरीले सुविधा भौतिक संरचना प्रहरीको आवश्यकता लगायत बारे पनि अवलोकन गरे ।
मंगलबार डिआइजी बस्नेत ५। प्रदेशको कार्यालय तुल्सीपुर फर्काएका जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख राम प्रसाद घर्तीले जानकारी दिए।