डिआइजी नभएको मौका छोपी आधा दर्जन घुमुवा थपियो

रिपोर्ट नेपाल | 2020 Nov 18 | 05:37 pm 2276

धनुषा, मंसिर ३ः दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक त्रिभुवन साह र जयलाल यादवलाई प्रहरी महानिरीक्षक शैलेस थापाले ओखलढुङ्गा र खोटाङ काज आदेश गरेपनि प्रहरी बरिष्ठ उपरीक्षक यज्ञ बिनोद पोख्रेलले घुमुवा कै जिम्मेवारीमा खटाएका छन् ।

साह र यादवले व्यापारी लगायत तस्करसँग पैसा उठाएको बुझेपछि महानिरीक्षक शैलेस थापाको निर्देशनमा काज गरिएको १५ दिन काट्दा समेत रमाना गरिएको छैन ।

प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंह अस्वस्थ भएका कारण काठमाडौंमा उपचार गराइरहेका बेला एसएसपी पोख्रेलले ६ जना थप घुमुवा राखेका छन् ।

पोख्रेल रौतहटको प्रमुख हुँदा समेत त्रिभुवन साह र हवल्दार जयमंगल सिंहलाई घुमुवा राखेका थिए ।

एसएसपी पोख्रेलले नयाँ राखेका घुमुवाहरुमा प्रहरी नायब निरीक्षक रामरेख यादव, सन्तोष झा, प्रहरी सहायक निरीक्षक मोतीराम महतो, हवल्दार श्यामसुन्दर साह, जयमंगल सिंह र बैजु यादव रहेका छन् ।

जसमध्ये हवल्दार श्यामसुन्दर साह, जयमंगल सिंह, बैजु यादवलाई पर्सा, बारा, रौतहट र सर्लाहीमा घुमुवाका रुपमा खटाइएका छन् ।

त्यस्तै सन्तोष झा, रामरेख यादवलाई महोत्तरी र जनकपुर खटाइएको छ । मोतीराम महातोलाई सिरहा सप्तरी खटाइएको बुझिएको छ । गोप्य सूचना संकलानका लागि खटाइने यि घुमुवाले सूचना होइन रकम संकलन गर्ने गरेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.