डिआइजीको घुमुवा भन्दै असई यादवको असूली

| 2023 Jul 23 | 04:15 pm 11197

सर्लाही साउन ७ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज यादव प्रायः दिन बारा, पर्सा र रौतहटका व्यापारी एवं तस्करसँग मात्र देखिने गरेका छन् ।
कार्यरत कार्यालयमा हाजिर गर्ने तर मधेस प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराइको घुमुवा भन्दै ति जिल्लाका तस्कर र व्यापारी कहाँ जाने गरेको समाचार स्रोत बताउछ ।
चार वर्ष अघि काठमाडाैंको बालाजुमा नगद पाँच लाख सहित अख्तियारले समाएका यादवले घुमुवा बनाएका हुन् होइनन् त्यो भने बुझ्न सकिएको छैन । अख्तियारले नगद सहित पक्राउ गरेका यादव निलम्बन पछि फुकुवा भएर सेवामा प्रवेश गरेका हुन् । प्रहरी सेवालाई भर्याङ बनाएर मेवा खान पल्केका मनोजलाई कस‌को संरक्षण रहेको छ, खोजिको विषय भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.