डा. सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत

रिपोर्ट नेपाल | 2019 Sep 22 | 02:57 pm 1545

काठमाडौं, असोज ५  : आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् । पाँच लाख रुपैयाँ राशीको उक्त पुरस्कार उनलाई आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी छन् ।

त्यस्तै राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुङ्गानालाई प्रदान गरिएको छ । उनीहरुलाई जनही २ लाख ५० हजार रुपैयाँ दिइएको छ । भदौ अन्तिम हप्ताको मन्त्रिपरिषदले राष्ट्रिय प्रतिभा पुरस्कार र राष्ट्रिय प्रतिभा अनुदान दिने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.