डा देवकोटाले सर्जरीका क्षोत्रमा प्राप्त गरेको उचाइ नेपालीको गर्व : नेकपा

रिपोर्ट नेपाल | 2018 Jun 19 | 08:04 am 2422

काठमाडौँ, असार ४ : नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक डा उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।

डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।
“स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा खुल्ला प्रतिस्पर्धामार्फत योग्यताका आधारमा विश्वका प्रसिद्ध न्युरो सर्जरी विश्वविद्यालयबाट हासिल गरेको ज्ञान र सीप नेपालमै प्रयोग गर्न उनले देखाएको प्रतिबद्धताताका लागि राष्ट्र सधैँ ऋणी रहिरहने जनाइएको छ ।

स्वर्गीय देबकोटाले आफ्नो मातृभूमिप्रति गरेको अगाध प्रेम र समर्पण हामी सबैका लागि प्रेरणादायी भइरहनेछ । आफ्नो ज्ञान र सीपका माध्यमबाट हजारौँ मानिसहरुलाई जीवन दिने डाक्टर ।

देवकोटा हाम्राबीचमा नरहे पनि उनको अद्वितीय योगदान सदा स्मरणीय भइरहने नेकपाले विज्ञप्तीमा उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.