डा. गोविन्द केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा

| 2018 Sep 28 | 04:12 pm 1773

काठमाडौँ, असोज १२ : चिकित्सा शिक्षा अभियान्ता डा गोविन्द केसीले शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्रीसँग भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् ।

उनले आफूसँग भएका सम्झौता तत्काल कार्यान्वयन नभए बिनाजानकारी १६औँ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। उनले माथेमा कार्यदलको प्रतिवेदन र आफूसँग भएका सम्झौताहरूबमोजिम विधेयक पारित गर्न सरकार उदासिन बनेको आरोप लगाएका छन्।

उनले साउन २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग भेटेर सम्झौता बमोजिम विधेयक पारित गर्ने र सम्झौताका सम्पूर्ण बुँदाहरू कार्यान्वयन गर्ने विश्वास दिलाएको स्मरण गराउँदै सरकारी विभागीय मन्त्रीले नै प्रधानमन्त्रीको पहलमा भएको सम्झौताविरुद्ध लागेको बताए उनले अध्यादेश तोडमोड गरेको र प्रधानमन्त्रीको पहलमा भएको सम्झौताविरुद्ध लागेको र गैर जिम्मेवारीपूर्ण काम गरेको भन्दै भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नैतिकताका हिसाबले पदत्याग गर्नुपर्ने बताएका छन्।

‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचारधिन रहेको विधेयकमा अवरोध गर्नु गैर जिम्मेवारीपूर्ण भएकाले शिक्षा पोखरेल सो पदलमा रहिरहनु नैनिक रुपमा अशोभनीय छ’ डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.