डा गोविन्द केसीकाे १८औं अनसन सुरु

रिपोर्ट नेपाल | 2020 Jun 02 | 01:58 pm 1552

काठमाडौं, जेठ २०ः चिकित्सा शिक्षा सुधारका लागि पटक पटक अनसन बस्दै आएका डा गोविन्द केसीले दार्चुलामा १८औं अनसन सुरु गरेका छन् । दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने मागसहित मंगलबारदेखि दार्चुलामा अनसन सुरु गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आएका डा केसीले यसपटक भने सीमा सुरक्षाको बिषयलाई पनि जोडेर सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा असनसन थालेका छन् । सीमाञ्चल लगायत सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सवैको पहुँच पुराउनुपर्ने उनले बताएका छन् ।

उनले गण्डकी प्रदेश, डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, कैलालीको गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै विगतमा आफूसँग भएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.