डा केसीसँगकाे सहमति बिपरित गरिएकाे डिन नियुक्ति खारेज नगरे नेविसंघद्वारा आन्दाेलन गर्ने

| 2020 Jun 19 | 05:09 pm 3049

काठमाडाैं, असारा ५ः नेपाल विद्यार्थी संघ प्राबिधिक विद्यार्थी परिषद (FOTS-NEPAL) का निवर्तमान अध्यक्ष ई भुवन भट्टले नेकपा सरकारले प्रधानमन्त्री केपी ओलीकाे सेवा गरेकै भरमा विज्ञता र बरिष्ठताकाे मापदण्डलाई कुल्चेर चिकित्सा शास्त्र अध्ययन संस्थान क्षेत्रमा राजनीतिक आस्था र पहुँचकै आधारमा अयोग्य व्यक्तिको नियुक्ति गर्नु चिकित्सा क्षेत्रमाथि प्रहार भएकाे बताएका छन् ।

साथै उनले नेकपा सरकारले विज्ञता र बरिष्ठताकाे आधारमा आइओएमकाे डिन नियुत्त गर्नुपर्ने डा गाेबिन्द केसी सँगकाे सम्झाैताकाे ठाडाे उलंघन गरेकाे प्रति घाेर बिराेध गर्दै,तत्काल निर्णय फिर्ता लिदै डा.केसि सँगकाे सम्झाैता बमाेजिम डिन नियुक्त गर्न माग समेत गरेमा छन्। नेता भट्टले चिकिस्ता क्षेत्रकाे सुधारका निम्ति सत्याग्रहमा बसेका डा. गोबिन्द केसीसँग अनशन तोडने क्रममा भएको वरिष्ठताको आधारमा डीन लगायतका नियुक्तिको सम्झौता विपरित त्रिविवि अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्यासिंह शाहलाई बरिष्ठ ३३औं नम्बरबाटै ठाडै तानेर नियुक्ति गरिनु गलत भएकाे भन्दै बिरोध गरेका छन् ।

चिकित्सा शिक्षा अध्ययन संस्थानकाे डिनमा नियुक्त डा दिव्या सिंह जुनियर प्रध्यापक भएकाे र यसले आईओएमका बरिष्ठ सिनियर प्राध्यापकहरुकाे मनाेवल गिराउनका साथै चिकित्सा शिक्षा क्षेत्रलाई नै कमजाेर बनाउने काम गरेकाे छ।

तत्काल निर्णय सच्याउनु पर्ने, अन्यथा नेपाल विद्यार्थी संघले तत्काल निर्णय नसच्याए आन्दोलन गर्ने प्राबिधिक विद्यार्थी परिषदका अध्यक्ष ई भुवन भट्टले बताए ।

प्रधानमन्त्रीले दलको भर्तीकेन्द्र बनाएको त्रिवि कार्यकारी परिषदको बुधबार बैठकमा जवर्जस्ती सर्च कमिटीमा ३ जनामध्येमा सिफारिसमा पारिएकी डा शाहलाई उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि दवाव थेग्न नसकेर निर्णय गरिएको बताएकाले सबैलाई छानविनको दायरा ल्याएर कार्वाही गर्न समेत नेता भट्टले माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.