काठमाडौँ, असार २९ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीसँग जुम्लामा गएर वार्ता नहुने बताएका छन् । शुक्रबार राजधानीमा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै केसीलाई काठमाडौं ल्याएर उपचार गराउनु सबैको पहिलो दायित्व भएको बताए । कार्यक्रममा उपचारका लागि जसरी भए पनि काठमाडौं ल्याउने सक्ने संकेत समेत देखिए । उनले भने, ‘मिडियालाई अहिले नै भन्छु डा. केसीलाई बल प्रयोग गर्यो भनेर नलेख्नु होला उहाँको स्वास्थ्य कमजोर हुँदै गयो भने र मौसमले साथ दियो भने जबरजस्ती पनि गर्नुपर्ने हुनसक्छ ।’
डा. केसीको अनशनको पक्षमा नहेको भन्दै मन्त्री पोखरेलले भने, ‘डा. केसीलाई आयोगमा बसेर काम गर्न आग्रह गर्छु ।, यो सैद्धान्तिक लडाई लड्ने बेला होइन काम गरेर देखाउने बेला आयो ।’
उनले पत्रकारहरूलाई पत्रकारीतको आचार संहितामा बसेर समाचार लेख्न समेत आग्रहर गरे। उनले भने, ‘सन्तुलित र सही समाचार लेख्नु पर्छ, खबरदारी गर्नु नछाड्नुस् । अभिव्यक्ति स्वतन्त्रता भनेको उदण्डता, अराजकता होइन ।’ उनले चिकित्सा शिक्षा विधेयकबारे प्रकाशित समाचारहरू प्रति असन्तुष्टि जनाए ।