प्रदर्शनकारीमाथि लाठिचार्ज र अश्रुग्याँस प्रहार, तरुण अध्यक्षसहित पत्रकार र अन्य थुप्रै घाइते

| 2018 Jul 21 | 02:03 pm 2203

काठमाडौं- डा गोविन्द केसीको जीवन रक्षाको माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले लाठिचार्ज गरेको छ। लाठिचार्जबाट नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्‍नेतलगायतका आधादर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते भएका छन्।

उनीहरुले सकारले तोकेको निषेधित क्षेत्र तोडेको भन्दै लाठीचार्ज गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लाठिचार्ज गर्नुका साथै आधा दर्जनभन्दा बढी सेल अश्रुग्याँस प्रहार गरिएको छ।

बस्नेतको टाउकोमा चोट लागेको जनाइएको छ। उनलार्इ उपचारका लागि अस्पतालमा उपचार भइरहेको छ। यससँगै पत्रकार अजयबाबु सिवाकोटी , प्रविण महर्जन पनि घाइते भएका छन्। अन्य केहि सञ्चारकर्मीलार्इ पनि चोट लागेको जनाइएको छ।

उनीहरुको सिभिल अस्पतालमा तरुण दल अध्यक्ष जितजङ्ग बस्नेत, केन्द्रीय सदस्य मुना भुसाल, तरुण दलका अर्का नेता विनोद महर्जन, कविर शर्मा, प्रहरी निरीक्षक खेम नेपाल र नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटीको उपचार भइरहेको छ।

अहिले पनि बानेश्वरमा स्थिति तनाबग्रस्त छ। प्रहरीले अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई हटाइरहेको छ। अहिले पनि प्रदर्शनकारी र प्रहरीबिच झडप भैरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.