डा. केसीको पक्ष र निर्मला हत्या प्रकरणको विरुद्धमा नेवि संघले प्रदर्शन गर्ने

रिपोर्ट नेपाल | 2019 Jan 22 | 05:02 pm 1438

काठमाडौं, माघ ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बुधबार सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । डा.गोविन्द केसीको पक्ष र निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको विरुद्धमा नेवि संघले  प्रदर्शन गर्न लागेकाे हाे ।

बुधबार काठमाडौंका विभिन्न क्याम्पसबाट निस्कने हजाराैँ विद्यार्थीहरुको जुलुस माइतिघरमण्डलामा पुगेर सभामा परिणत हुने संघको केन्द्रिय सदस्य प्रेम बहादुर शाही, ठकुरीले जानकारी दिए । संघको प्रदर्शनलाई लिएर सरकारले सुरक्षा व्यवस्था बुधबार कडा पार्ने तयारी समेत गरेको छ ।

संघले कम्युनिष्ट सरकारलाई १६ प्रश्नसहितको प्रदर्शन गर्ने छ । जसमा केसीको मागबाट सरकार किन पछि हट्यो ? निर्मला पन्तका हत्यारालाई किन जोगाउँदैछ सरकार ? लगायतका समसायिमक र शैक्षिक गरि १६ बुँदे प्रश्न समावेश रहेको संघका केन्द्रिय सदस्य शाहीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.