चितवन, असार २२ : जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबार बिहान भरतपुर अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ चितवन शाखाको आह्वानमा उनीहरूले बिहान १० बजेदेखि १५ मिनेटसम्म प्रदर्शन गरेका हुन् ।
केसीका माग पूरा गराउन र उनको जीवन रक्षाका लाग यस्तो प्रदर्शन दिन दिनै गर्ने सचिव डा।भोजराज अधिकारीले जानकारी दिए । संघका केन्द्रीय सदस्य डा. कृष्ण पौडेलले केसीको माग पुरा भए सर्वसाधारण नेपालीको हित हुने र चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउने बताए ।