डाेनाल्ड ट्रम्प जेल चलान, कैदी नम्बर पि०११३५८०९ !

| 2023 Aug 25 | 08:20 am 1305

काठमाडाैं, भदाै ८ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन्। डोनाल्ड ट्रम्पले बिहीबार फुल्टन काउन्टी जेलमा आफूलाई जर्जियाको २०२० चुनावी नतिजाहरू उल्टाउने प्रयासबाट उत्पन्न एक दर्जन भन्दा बढी आरोपमा आत्मसमर्पण गरेका हुन्। जर्जियामा ट्रम्पको आत्मसमर्पण यस वर्ष चौथो पटक हो ।

आत्मसमर्पणपछि फुल्टन काउन्टी शेरिफको कार्यालयले पूर्व राष्ट्रपति ट्रम्पको ऐतिहासिक एक मग शट जारी गरेको छ। मगशट भनेको पक्राउ परेको व्यक्तिको पुलिसले खिचेको फोटो हो। शंकास्पद व्यक्तिलाई प्रहरी चौकीमा ल्याइने बित्तिकै प्रायः मगशटहरू लिइन्छ।

प्रहरीले मगशट जारी गरि उनलाई पि ०११३५८०९ कैदी नम्बर दर्ता गरिएको त्यहाँको जेल रेकर्डमा उल्लेख छ। पूर्व राष्ट्रपतिले आफूलाई आपराधिक आरोप लागेपछि अधिकारीहरूसमक्ष आत्मसमर्पण गरेका हुन् । –  नागरीक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.