काठमाडाैं, जेठ २८ः गत १७ जेठमा पाटन अस्पतालको ICU वार्डमा रहेको २० लाख ७९ हजार ८ सय ७ मुल्य बराबरकाे पोर्टेवल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएका हौ भन्ने वहाना बनाई सो वार्डमा रहेका स्वास्थ्यकर्मीहरु व्यस्त रहेको मौका छोपी उक्त मेसिनको पार्ट पुर्जाहरु चोरी गरिएकाे थियाे ।
घटनाकाे अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न जिल्ला सर्लाही बलरा नपा वडा नं.१ स्थायी वतन भई हाल काजि कामनपा वडा नं.३१ मा बस्ने ३६ वर्षीय डा प्रविन मिश्र र जिल्ला महोत्तरी बर्दिवास नपा वडा नं. १३ बर्दिवास बस्ने २० वर्षीय रमेश कुमार शर्मा समेतको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
चोरी गरेको पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित बरामद गरी निजहरुलाई पक्राउ गरी बुधबार सम्मानित ललितपुर जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको ।