डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि

| 2024 Aug 07 | 03:12 pm 465

काठमाडौँ २३ साउन / नुवाकोट प्रहरीका अनुसार हराएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।

शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको हो । अहिले सुरक्षाकर्मीको टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ ।
हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी छ । हेलिकप्टरमा एकजना विदेशीसहित तीनजना यात्रु र चालक समेत रहेको जनाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.