डलरको भाउ बढेर बनायो रेकर्ड, यस्तो छ- अरु विदेशी मुद्राको विनिमय दर

| 2023 Nov 21 | 08:02 am 593

काठमाडौँ, मङ्सिर ५। नेपाल राष्ट्र बैंकले आइतबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । जसअनुसार, आज एक डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ३६ पैसा र बिक्री दर १४६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१७ रुपैयाँ र बिक्री दर ८७.५६ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ०० पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ ३० पैसा र बिक्री दर १० रूपैयाँ ३५ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ र बिक्री दर ३५.६४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६३ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.६७ पैसा र विक्रीदर ४३३.६२ पैसामा कारोबार हुनेछ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.