काठमाडौँ २० फागुन / मधेस सरकारलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको ३० थान ब्रेथलाईजर मेसिन मुख्यमन्त्री सरोजकुमार यादवलाई जनकपुर धाममा हस्तान्तरण गरेको छ। सवारी चालकले मादक पदार्थ सेवनर गरेर सवारी चलाएका कारण सवारी दुर्घटनामा वृद्धि भएकाले त्यसमा कमी ल्याउने उद्देश्यले डब्लुचएओले प्रदेश सरकारलाई ३० थान ब्रेथलाईजर मेसिन प्रदान गरेको हो।
(डब्लुएचओ)ले दिएको ३० थान ब्रेथलाईजर मेसिन मुख्यमन्त्री यादवले मधेस प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेललाई हस्तान्तरण गरे
आइतबार विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. केदार खड्काले मुख्यमन्त्री सरोजकुमार यादवलाई जनकपुरधाममा आयोजित एक कार्यक्रममा सो मेसिनहरु हस्तान्तरण गरेका हुन्। ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सडक सुरक्षाका लागि ब्रेथलाइजर मेसिन आवश्यकताको आधारमा आठ वटै जिल्लाहरुमा चेक प्वाइन्ट तोकेर हस्तान्तरण गरिने छ। मुख्यमन्त्री यादवले प्रहरीलाई प्रदेशमा शान्ति सुरक्षा तथा सडक सुरक्षाका लागि आवश्यक पर्ने सबै प्रकारको साधन श्रोत उपलब्ध गराउनका लागि तयार रहेको बताए।