डढेलोले आक्रान्त अष्ट्रेलियमा भिषण वर्षा, बाढीले जनजीवन प्रभावित

रिपोर्ट नेपाल | 2020 Feb 10 | 03:15 pm 2242

एजेन्सीः लामो समयदेखिको डढेलोले आक्रान्त बनेको अष्‍ट्रेलियामा ३० वर्ष यताकै भिषण वर्षा भएको छ।

वर्षाले करिब पाँच महिनाअघिदेखि न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ ।

डढेलोले करिब ५ सय हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३ सय १२ वटा घर नष्ट गरिदिएको थियो । दुई दशककै सबैभन्दा भयानक र खतरनाक डढेलोका कारण ३३ जनाको मृत्यु र करिब ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भएको बताइएको छ ।

सिड्नी सहरमा भएको भीषण वर्षाले बाढी आउँदै हजारौँ परिवार प्रभावित भएका अधिकारीहरुले जनाएका छन्।

त्यहाँको मौसम विभागका अधिकारीहरुका अनुसार पछिल्ला ४ दिनमा त्यहाँ ३ सय ९१ दशमलब ६ मिलिमिटर वर्षा भएको बताइएको छ।

वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ। हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन् । बीबीको अनुसार झन्डै एक लाख घरमा बिजुली गएको छ ।

सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४ सय मिलिमिटर पानी परेको छ। अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी पनि मैसमविद्हरूले दिएका छन् ।

सिड्नीमा मात्र कम्तीमा २ सय जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन् ।दर्जनौँ स्कूल बन्द रहेका छन्।

सहरका तल्ला भूभागका बासिन्दाहरूलाई त्यहाँबाट अन्यत्र जान वा जानको निम्ति आग्रह गरिएको छ । सिड्नीमा सोमवार पानी रोकिएको छ तर यो साताभरि थप वर्षाको पूर्वानुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.