काठमाडौं, साउन ६: लामो समयदेखि कलंकी-नागढुंगा सडक निर्माणमा ढिलार्इ गरेको भन्दै स्थानीयहरु सडकमा उत्रिएका छन्।
कलंकी–नागढुंगा बाटो निर्माणका लागि दबाब दिन र ठेकेदार कम्पनी शैलुङ कन्ष्ट्रक्सनलार्इ कारबाही गर्नुपर्ने भन्दै आइतबार स्थानीयहरु बिहान सडकका खाल्डा पुरेर सांकेतिक विरोध गरेका हुन्।
आन्दोलनका सहभागी स्थानीयले हाम्रो सडक हामी बनाउँछौं भनेर दबाबका लागि सडकमा आएका बताएका छन्।
अस्तव्यस्त सडककै कारण जाम, दुर्घटनालगायत समस्या झेल्नुपरेको स्थानीयको गुनासो छ। स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन प्रभावित भएको छ।
सडक निर्माणका लागि सरकारलाई आग्रह गर्दा गर्दै बाटो बनाउने सरकारले नै आलटाल गरिरहेका कारण यस्तो विरोध गरेको जनाइएको छ।