ठेकदार प्रति कठाेर बन्न याेगेशकाे अाग्रह

रिपोर्ट नेपाल | 2018 Jun 02 | 07:19 pm 3623

ताप्लेजुङ जेठ १९ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य एवंम प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले निर्माणा ब्यवसायीले समयमा काम नगरेका कारण विकास निर्माणका काम ठप्प भएकाे बताउँदै उनिहरूका पछि लाग्दा जुत्ता फाटेको गुनासो गरेका छन् ।
ताप्लेजुङ भ्रमणमा आएका गृहमन्त्री रामबहादुर थापालाई निर्माणको काममा अझ कठोर भएर लाग्न प्रोत्साहित गर्दै भट्टराईले भने, ‘ठेकदारका विषयमा सबैले गृह मन्त्रीलार्इ साथ दिनु पर्ने बताएका छन् । टेण्डर स्विकृत भएपछि पेश्की रकम बुझेपछि नत सम्पर्कमा आउछन् नत टेलिफोननै उठाउँछन् ।’
१० करोडको लागतमा सात वर्ष अघि बनिसक्नुपर्ने दोभानको तमोर नदीमाथिको पुलका बिषयमा भट्टराईले गुनासो गरेका थिए । उनले वार्षिक अढाई लाख पर्यटक आउने पाथीभरा क्षेत्रको सडकको बिषयमापनि यस्तै समस्या रहेको बताए । भट्टराईले नेपालमै ४० प्रतिशत बढी अलैचीं उत्पादन हुने जिल्लामा अलैचींको सुपरजोन हुनुपर्नेमा जोनमात्रै बनाइएकोमा असन्तुष्टि ब्यक्त गरे ।
भौगोलिक हिसाबले तेस्रो ठूलो जिल्ला ताप्लेजुङको उन्नति ओलाङचुङगोला नाका खुलेपछि मात्रै हुने भएकाले यसमा ध्यानदिन भट्टराईले गृहमन्त्रीको ध्यान आकर्षण गराए । २ सय ५१ किलोमिटरमा नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङदेखि प्रदेश १ को राजधानी विराटनगर जोडिने भएकाले यसलाई बिशेष प्राथमिकतामा राखिनुपर्ने भट्टराईको जोड थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.