काठमाडौं, कार्तिक २४। प्रहरी बृत्त स्वयम्भूकाे टाेलीले पटका सहित एक युवालाई पक्राउ गरेको छ।
विशेष सुराकीको आधारमा बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ घर भई स्वयम्भूमा डेरा गरि बस्ने २९ वर्षिय महेश परियारलाई प्रहरी पटका सहित पक्राउ गरेको हाे।
विभिन्न किसिमका ११ हजार ७ सय ८० पटका सहित परियार पक्राउ परेका हुन।नियन्त्रणमा लिइएका परियार माथि प्रहरीले अनुसन्धान गरिरहेको छ।