ठूलो परिमाणमा गाँजा नष्ट

रिपोर्ट नेपाल | 2018 Jun 22 | 07:17 am 4322

भीमदत्तनगर,असार ८: विश्वव्यापी रुपमा लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा नष्ट गर्ने अभियान जिल्लाभर सञ्चालन गरेको छ ।

कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जिल्लामा रहेका विभिन्न इलाका प्रहरी र प्रहरी चौकीले गाँजा नष्ट अभियान सञ्चालन गरेको बताए ।

बिहीबार इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार र वडा नं ७ फुलेली क्षेत्रको सार्वजनिक स्थलको साथै विद्यालय वरिपरी रहेको गाँजा नष्ट गरेको छ ।

त्यसैगरी नै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र इलाका प्रशासन कार्यालयका कर्मचारीले समेत सार्वजनिक जग्गामा रहेको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी कार्यालय कञ्चनपुर, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मझगाउँले पनि विगत केही दिन देखि निरन्तररुपमा भीमदत्तनगरपालिकाको विभिन्न ठाउँमा रहेको गाँजा नष्ट गर्ने अभियानलाई तीव्रता दिइरहेको छ ।

हालसम्म प्रहरीले जिल्लाभरमा करीब पाँच बिगाहभन्दा बढी क्षेत्रफलको गाँजा नष्ट गरिसकेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.