ठाउँ-ठाउँमा पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

| 2022 Sep 18 | 10:52 am 113

दैलेख, असाेज २ः निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालीकोट खाडाचक्र नगरपालिका-५ मौलाकाटीमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

यसैगरी दैलेखको दुल्लु नगरपालिका-३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ रामाघाटमा सडक माथि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

गुराँस गाउँपालिका-६ जिरो प्वाइन्ट र केराबारीमा सडक माथिबाट पहिरो आइ बन्द भएको सुर्खेत-दैलेख सडक खण्ड अहिले सञ्चालनमा आइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.