ठगी र संगठित अपराधमा पक्राउ परेका छवि–रविलाई म्याद थपको लागि आज अदालत लगिँदै

| 2024 Oct 24 | 08:27 am 321

काठमाडौं ०८ कार्तिक । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपको अनुमतिका लागि बिहीबार कास्की जिल्ला अदालत लगिँदै छ।

लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ। लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीले जानकारी दिएको छ।

लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको हो। सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि आजै अदालत लगिँदै छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.