ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 06 | 08:09 pm 1796

काठमाडौं, कात्तिक २०: ठगी मुद्दाका फरार अभियुक्त चितवन भरतपुर बस्ने काठमाडौं साङ्ला घर भएका ३२ वर्षीय रविन्द्र अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७३ असोज ४ गतेको फैसलाले १ बर्ष कैद र २६ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई सजाय वेरुजु रही फरार भएका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।

अधिकारीले काठमाडौं गोगंवुमा संचालक समितिका सचिव भै बचत तथा मुद्दती खातामा आकर्षक व्याज दिन्छु भनी प्रचारप्रसार गरी बैकिङ्ग कारोवार संचालन गरेको थिए ।

अधिकारी लगायत अन्य संचालकहरुले सहकारीका सदस्य बाहेका व्यक्तिहरु समेतसँग नेपाल राष्ट्र बैंकको स्वीकृती नलिई निक्षेप संकलन तथा कर्जा प्रबाह गरेपछि निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी फरार भएका थिए ।

अधिकारीलाई जिल्ला अदालत चितवन मार्फत कैद भुक्तानका लागि कारागार पठाइएको उक्त व्यूरोले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.