ट्रेड युनियन कांग्रेसको निर्वाचन सुरु, देउवा र पौडेल समूहको भिडन्त

रिपोर्ट नेपाल | 2018 Jun 15 | 04:32 pm 3190

काठमाडौं, असार १ : नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको ट्रेड युनियन कांग्रेसको लामो रस्साकस्सी पछि आज शुक्रबार नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ ।

निर्वाचन स्थलबाट रिपोर्ट नेपालका निर्देशक कृष्ण सापकोटाले दिएको जानकारी अनुसार अपह्नन चार बजेसम्म आठ सय मत खसेको छ । उद्घाटनकै दिनदेखी युनियनका भावी कार्यक्रमलाई भन्दा निर्वाचनलाई बढी महत्व दिएर दुई प्यानलमा रहेका उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त देखिन्थे ।

निर्वाचनबाट १७ पदाधिकारी सहित ४१ सदस्य निर्वाचनका लागि मतदान छानिने छन् । चुनावी मैदानमा युनियनका नेताहरु भीडे पनि बाहिर शीर्ष नेताहरु नै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

नेपाल शिक्षक संघ र कर्मचारी युनियनपछि ट्रेड युनियन कांग्रेस आफ्नो पक्षमा ल्याउन पार्टी पार्टी सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता पौडेलपक्षबीच तिव्र ध्रुविकरण भएको छ।

संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच युनियनको नेतृत्व कसले लिने भन्नेमा तीव्र प्रतिस्पर्धा चलेको छ। शीर्ष नेतृत्वदेखि अधिकांश केन्द्रीय सदस्यहरु आ–आफ्नो प्यानलका उम्मेदवारलाई जिताउन निरन्तर खटिएका छन।

उम्मेदवार को को छन् ?

संस्थापन पक्षबाट खिला दाहाल र संस्थापन इतर पक्षबाट पुष्कर आचार्यको प्यानल चुनावी प्रतिस्पर्धामा छ। दाहाल हालका सभापति समेत हुन।

दाहाल नेतृत्वमा संस्थापन पक्षबाट बरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्षहरुमा बमवहादुर विसी, डीपी अर्याल, शंकर लामिछाने, युवराज लामा, नुरमहम्द रैन, महिला उपाध्यक्षमा कल्पना अधिकारी छन। महासचिवमा सञ्जय मिश्र, उपमहासचिवहरुमा जनार्दन निरौला, काजीमान श्रेष्ठ, रन्जन थापा, धिरेन्द्र सिंह, आत्मराम पौडेल र महिला उपमहासचिवमा कमला लामिछाने, कोषाध्यक्षमा ऋसवदेव घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई छन्।

 

आचार्य नेतृत्वमा संस्थापन इतर पक्षले बरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्षहरुमा तेजेन्द्रजंग कार्की, अजयकुमार राई ललित श्रेष्ठ, आशासिंह राठौर, उपाध्यक्षमा नेत्रविक्रम थापा, महिला उपाध्यक्षमा इन्दिरा सापकोटा छन। महासचिवमा योगेन्द्र कुमार कुँवर, उपमहासचिवहरुमा गणेशवहादुर केसी, ज्योति कोइराला, राजेश पालिखे, ईश्वरबहादुर परियार, सीताराम अवस्थी, महिला उपमहासचिवमा राधिका कुईकेल, कोषाध्यक्षमा मोहनकुमार बस्नेत, सहकोषाध्यक्षमा सुशीला घिमिरे छन्। पदाधिकारीका अतिरिक्त अन्य २४ सदस्यका लागिपनि प्यानलनै उम्मेदवार बनेका छन्। ट्रेड युनियन कांग्रेसमा देशभरबाट १३ सय ७० मतदाता छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.