ट्रेड युनियन कांग्रेसको मत गणना सकियो, पौडेल पक्ष विजयी

| 2018 Jun 16 | 11:44 am 3105

काठमाडौं, २ असार : नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको ट्रेड युनियन कांग्रेसको मत गणना सकिएको छ। शनिबार बिहान सकिएको मत गणनामा अध्यक्षमा वरिष्ठ नेता रामचन्द्र  पौडेल  पक्षका पुष्कर आचार्य विजयी भएका छन् ।

आचार्यले देउवा पक्षका खिलनाथ दाहाललाई २८२  मतको अन्तरले  पछि पारेका हुन् । आचार्यले ८१८ मत प्राप्त गरेका छन् भने दाहालले ५३६ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा पनि पौडेल पक्षकै महेन्द्रप्रसाद यादवले नै जितेका छन् । देउवा पक्षका अयोध्याप्रसाद यादवलाई १०१ मत अन्तरले हराउँदै महेन्द्रले जितेका हुन् । महेन्द्रले ६६८ मत प्राप्त गरेका छन् भने अयोध्याप्रसादले ५६७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा सबै पौडेल  पक्षका नै िवजयी भएका छन् ।   देउवा पक्षका बम बहादुर बिसी लाई हराउँदै तेजेन्द्रजंग कार्की विजयी भएका छन्। कार्कीले ७९८ मत पाउँदा बिसीले ४१५ मत मात्र पाए । त्यासैगरी खुला उपाध्यक्ष अजयकुमार राई विजयी भएका छन् । प्रतिद्धन्दी देउवा पक्षका डिपी आर्यलाई हराउँदै विजयी भएका हुन् । राईले ७७० मात प्राप्त गरेका छन् भने अर्याल ४५० मत प्राप्त गरेका छन् । उपाध्यक्ष उत्पादनमा ललित श्रेष्ठ ८०८, अनैपचारीका उपाध्यक्षमा आशासिंह राठौर ७४२, उपाध्यक्षमा नेत्रविक्रम थापा ७६१, महिला उपाध्यक्षमा इन्दिरा सापकोटा ७२२ मत पाएर विजयी भएका छन् ।

महासचिवमा पनि पौडेल पक्षकै योगेन्द्र कुमार कुँवर ७४९ मतसहित विजयी भएका छन् ।  उपमहासचिवहरुमा गणेशवहादुर केसी ७११ मत र ज्योति कोइराला ७३० प्राप्त गर्दै विजयी भएका छन् । अनौपचारिक उपमहासचिवमा राजेश पालिखे ७१५ मत , उत्पादन तर्फ ईश्वरबहादुर परियार ७२१ मत, उपमहासचिवह सेवा तर्फ सीताराम अवस्थी ८११ मत, महिला उपमहासचिवमा राधिका कुईकेल ८२४ मत प्राप्त गरेर विजयी भएका छन् ।

कोषाध्यक्ष र सहकोषाध्यक्ष पनि पौडेल पक्षको विजयी भएका छन् । कोषाध्यक्षमा मोहनकुमार बस्नेत ७६९मत र सहकोषाध्यक्षमा सुशीला घिमिरे ७८४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.