ट्रेड युनियन काँग्रेसकाे मतदान सम्पन्न

रिपोर्ट नेपाल | 2018 Jun 15 | 10:14 pm 3420

काठमाडौँ,असार १ :   नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको नेतृत्वका लागि मतदान सम्पन्न भएको छ ।

चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैटौँ महाधिवेशनअन्तर्गत आज अपराह्न २ बजेदेखि शुरु भएर केहीबेर अगाडिसम्पन्न भएको मतदानमा एक हजार ४२० मतदातामध्ये एक हजार ३९० ले मतदान गरेको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

मतगणना भने केहीबेरमा शुरु गरिने छ । बिहीबार निर्वाचन गरिसक्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि बन्दसत्र र मतदाता नामावली विवादका कारण आज मात्र १७ पदाधिकारीसहित ४४ पदमा हुने मतदान भएको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.