काठमाडौं, चैत २१ : उपत्यकामा ट्राफिक व्यवस्थापन चुस्त बनाउन ट्राफिक प्रहरीले ट्राफिक एक्सन टीम (टीएटी) नै बनाइएको छ ।
महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक वसन्त पन्तको अग्रसरतामा ट्राफिक प्रहरीले ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना–२०७५’ तीन महिने अभियान घोषणा गरेको हाे । ‘टोलीले सवारी चालकले लेन अनुशासन पालन गरे नगरेको हेर्नेदेखि ट्राफिक स्वयमसेवी तयार गर्नेसम्मको काम गर्नेछ’, एसएसपी पन्तले भने ।
उनाका अनुसार अभियानका क्रममा ठूलो आवाज निकालेर कुदाउने मोटरसाइकललाई कारबाही गरिनेछ भने जेब्राक्रस प्रयोग नगर्ने सर्वसाधाणलाई सचेत गराइने छ । यसैगरी फुटपाथ अतिक्रमण हटाउने, बन्दहरुका बाटोहरु खुला गर्ने र सार्वजनिक स्थान राखिएका निर्माण सामग्री हटाउन पनि टोली प्रयोग हुनेछ ।