ट्राफिक प्रहरीद्धारा मोटरसाईकल चोरी गर्ने दुई पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 20 | 07:32 pm 1593

काठमाडौं, चैत ७: महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गरी भाग्दै गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला कैलाली टिकापुर नपा वडा नं १ घर भई हाल काठमाडौं मैतिदेवी बस्ने २१ वर्षीय रोशन अधिकारी र जिल्ला कैलाली टिकापुर नपा। वडा नं ८ घर भई हाल किर्तिपुर बस्ने १८ वर्षीय बिबेक थापा रहेका छन् ।

महाशाखाले सादा पोसाकमा खट्टाएको ट्राफिक प्रहरीले चोरी भई हराएको मोटरसाईकलहरु खोज तलास गर्ने क्रममा टिचिङ्ग अस्पतालको पार्किङ्ग स्थलमा पार्किङ गरी राखेको बा ६७ प ३७०७ नम्बरको २२० सिसीको कालो रातो रंङ्गको पल्सर मोटरसाईकल शंकास्पद अवस्थामा फेलापारी चेकजाँच गर्दा चोरी भएको मोटरसाईकल खुल्न आएको हो ।

उक्त मोटरसाईकल यही फागुन ७ गते कलंकीबाट हराएको हुँदा खोज तलास गरी पाउ भनि सुरज ताम्राकारले हुलिया सहितको निबेदन दिएको थिए ।

पक्राउ पर्ने ती व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, कालीमाटीमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.