ट्राफिक नियम उल्लङ्घन जरिवाना बढाउँछु : रवि लामिछाने

रिपोर्ट नेपाल | 2024 Apr 14 | 02:43 pm 353

काठमाडौँ ०२ बैशाख / काठमाडौँमा ट्राफिक सचेतना अभियानको सुरुवात गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक जरिवानाको रकम बढाउने बताएका छन् । लामिछानेले ट्राफिक नियम उल्लङ्घन बापत अहिले लिने गरिएको जरिवाना रकम वृद्धि गर्ने घोषणा गरेका हुन् ।

सार्वजनिक यातायात सुधार गर्न पूर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्री लामिछानेले प्रतिबद्धता जनाएका छन् ।

रोड टेस्ट’ बिना लाइसेन्स दिने अहिलेको प्रणाालीमा सुधार गर्नुपर्ने उल्लेख गर्दै लामिछानेले ट्राफिकलाई भत्ता दिने व्यवस्था गर्ने बताए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सचेतना अभियान कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले अब ट्राफिक प्रहरीको बोली नरम र कारबाही कडा हुने उल्लेख गर्दै लामिछानेले दुर्घटना सङ्ख्यालाई पनि कार्य सम्पादकको विषय बनाउने बताए ।

नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजानुपर्छ गृहमन्त्री लामिछानेले भने ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.