रीश्मा थापा
ट्राफिक दाई सलाम तिमीलाई
मलाई सम्हाल्न गाह्रो पर्छ दुईटा छोरा छोरी
भन ! तिमी हजारौंलाई सम्हाल्छौ कसोरी ?
हे ट्राफिक दाई….. सलाम तिमीलाई…
हे ट्राफिक दिदी… सलाम तिमीलाई
बिहान ला’को सेती टोपी साँझ हुन्छ कालो
तिम्रै वरिपरि घुम्छ धुवाँधूलोको जालो !
सताउँदो हो तिमीलाई सु–स्वास्थ्यको हानीले
पोशाकको निलो रङ्ग उड्छ घामपानीले
हे ट्राफिक दाई….. सलाम तिमीलाई…
हे ट्राफिक दिदी… सलाम तिमीलाई
सक्दिनँ म केही पल चोकमा पालो पर्खिन
सोझै जान नपाएमा थाली हाल्छु झर्किन
उभि’रन्छौ सडकमै दुःखकष्ट सही
मानिस हुन नपाएर मेशीनजस्तो भई
हे ट्राफिक दाई….. सलाम तिमीलाई…
हे ट्राफिक दिदी… सलाम तिमीलाई