काठमाडौं, जेठ ३० : बहुप्रतिक्षित भनिएको डोनाल्ड ट्रम्प र किम जोङ उनबीच भेटवार्तालार्इ विश्व समुदायले विशेष चासोका अवलोकन गरे । ट्रम्प–किम सम्मेलन अनुमान गरिएभन्दा सफल भएको ट्रम र किम आफैंले मिडिया अघि बोले ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले प्योङयाङलाई सुरक्षा प्रत्याभूत गराएको बदलामा पूर्ण परमाणु–निरस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने एउटा संयुक्त सहमतिमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गरेका हुन् ।
नेपाली मिडियाले ट्रम-किम भेटलार्इ सकारात्मक रुपमा व्याख्या विश्लेषण गरेका छन् । उनीहरुको भेटले विश्व शान्ति स्थपनाका लागि महत्वपूर्ण जग बसेको बताए ।
राजधानीबाट प्रकाशित कान्तिपुर दैनिकले परमाणु नि:शस्त्रीकरणको वाचा शिर्षकमा मुल समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिका दैनिकले अमेरिका- उत्तर कोरिया सम्बन्धमा नयाँ अध्याय शिर्षकमा खबर छापेको छ ।
ट्रम-किमबीच भएको सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्ध विस्तार, स्थायी शान्ति, युद्धबन्दीको खोजविन तथा रिहाइ लगायतका बिषयमा दुई नेताले प्रतिवद्धता जनाएका छन् ।
सिङ्गापुरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँगको वार्ता कसैले अनुमान गरेभन्दा पनि अधिक सफल सफल भएको बताए ।
सहमतिको पहिलो बँुदामा दुई नेताले संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी–उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायःद्वीपमा दिगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउने बिषय सहमतिको दोस्रो बुँदा रहेको छ ।
उनीहरूले सन् २०१८ को एप्रिल २७ तारिखमा भएको पाम्मुन्जम घोषणापत्रप्रति समर्थन जनाउँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायःद्वीपको पूर्ण परमाणु निरस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता जाहेर भएको छ ।
अन्तिम बुँदामा संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाइँका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउनेतर्फ पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।